काठमाडौँ । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरण गर्दै आइरहेको माटोले बुढानीलकण्ठमा सातौँ स्टोर स्थापना गरेको छ । माटोको बुढानीलकण्ठको देउवा चोकमा आफ्नो ७ औँ स्टोर सञ्चालनमा ल्याएको हो ।
आफ्नो ७ औँ स्टोर स्थापनाका क्रममा ग्राहकलाई उत्कृष्ट छुट र विशेष उपहारको व्यवस्था गरिएको थियो । माटोले मात्र नेपाली र रासायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।
यसअघि काठमाडौँको बानेश्वर, नक्साल, नारायणथान, गोल्फूटार तथा ललितपुरको झम्सिखेल र सानेमामा माटोका स्टोरहरू सञ्चालन भइरहेका छन् । माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी गरेर पनि घरघरमा नेपाली विषादीरहित उत्पादन आपूर्ति गरिरहेको छ । माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको कम्पनीले जनाएको छ ।
माटोका अध्यक्ष पवनकुमार गोल्यानले भने, ‘किसानले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन् भन्ने थाहा पाएपछि यो यात्रामा मा लागे । किसानका भोगाई र सङ्घर्षको जीवन्त अवलोकन पछि किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको हो ।’ माटोको स्थापना २०७५ सालमा किसानको उत्थान र राष्ट्रलाई उत्प्रेरित गर्ने ठोस लक्ष्यको साथ गरिएको गोल्यानको भनाई छ ।