Logo

स्वीच अनको नयाँ शोरुम गठ्ठाघरमा, प्रतिष्ठित ब्रान्डहरूका टिभी, फ्रिजदेखि विद्युतीय वस्तुहरू सबै पाइने

स्वीच अनको नयाँ शोरुम गठ्ठाघरमा, प्रतिष्ठित ब्रान्डहरूका टिभी, फ्रिजदेखि विद्युतीय वस्तुहरू सबै पाइने



काठमाडौँ । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरूको लागि प्रख्यात गन्तव्य स्विचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेटको उद्घाटन गरेको छ ।

सङ जुन पार्क (प्रमुख–सामसंग इलेक्ट्रोनिक्स नेपाल शाखा), शेखर गोल्छा (अध्यक्ष र एमडी, गोल्छा ग्रुप) रसीमा गोल्छा (निर्देशक, हिम इलेकट्रोनिक्स) ले स्विच अन रिटेलको उद्घाटन गरेका हुन् । यसको राजधानीमा गुणस्तरीय घरेलु उत्पादन र उत्कृष्ट ग्राहक सेवाको बढ्दो मागलाई पूरा गर्नु रहेको जनाइएको छ ।

नक्साल, काठमाडौँमा रहेको स्विचअन रिटेलको प्रमुख आउटलेटले पहिले नै यसको प्रिमियम सेवाहरू दिँदै आएको छ । ‘स्वीच अन रिटेललाई भक्तपुरमा परिचय गराउन पाउँदा हामी हर्षित छौँ,’ हिम इलेकट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले बताइन्, ‘हाम्रो नयाँ आउटलेट घरेलु आवश्यकताहरू पूरा गर्दै उपकरण र उत्पादनहरूको विस्तृत शृङ्खला प्रदान गर्न समर्पित छ । हामी भक्तपुर समुदायको सेवा गर्न तत्पर छौँ ।’

स्वीच अन रिटेल, भक्तपुरले विभिन्न अत्यावश्यक घरेलु वस्तुहरू प्रदर्शन गर्नेछ, जहाँ प्रतिष्ठित ब्रान्डहरूका टिभी, फ्रिजदेखि लिएर बल्ब जस्ता विद्युतीय वस्तुहरू सबै पाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL