Logo

प्रभु क्यापिटलमा डिम्याट खाता भएकालाई ‘टोटल फिजिकल फिटनेस’मा बम्पर छुट

प्रभु क्यापिटलमा डिम्याट खाता भएकालाई ‘टोटल फिजिकल फिटनेस’मा बम्पर छुट



काठमाडौँ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको शारिरिक व्यायमको लागि ‘टोटल फिजिकल फिटनेस सेन्टरसंग’ सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र ‘टोटल फिजिकल फिटनेस सेन्टरसंग’को तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन् ।

क्यापिटलका ग्राहकहरुले ‘फिटनेस सेन्टर’मा सेवा लिदाँ २८ प्रतिशतसम्म छुट पाउनका साथै निशूल्क कुपन पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर ‘टोटल फिजिकल फिटनेस सेन्टरसंग’लाई उपलब्ध गराउनु पर्नेछ ।

यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्षसम्म लिन सक्नेछन् । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको ‘टोटल फिजिकल फिटनेस सेन्टरसंग’ अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एण्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरणहरु रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL