Logo

कोकाकोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना

कोकाकोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युथ डाइलग इभेन्ट आयोजना



काठमाडौ । ग्लोकलले कार्यान्वयन गरेको कोका–कोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वर्ल्ड’ सम्बन्धी प्रेरणादायी छलफलहरू प्रस्तुत भएका छन् ।

पछिल्लो युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँ डन बस्को कलेजमा सम्पन्न भएको हो ।

कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको उक्त कार्यक्रममा अनुष्का श्रेष्ठ (सीईओ÷को–फाउन्डर, मक्कुसे, पूर्व मिस नेपाल २०१९, सृष्टि वैद्य, (वैद्य ग्रुपका फाइनान्स एण्ड एचआर डाइरेक्टर र ग्लोबल सेपर्सका लागि क्युरेटर काठमाडौँ हब र स्नेहा श्रेष्ठ (कम्युनिकेशन एण्ड सस्टेनेबिलिटी म्यानेजर, कोका–कोला बेभरेज नेपाल) गरी तीन प्यानेलिस्टहरू थिए ।

सो कार्यक्रमले दिगो पहलमा सक्रिय सहभागी बन्न युवालाई सशक्तीकरण र संलग्न गराउने महत्वलाई जोड दिएको बताइएको छ । उक्त कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL