Logo

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो ४५ करोड ८२ लाख नाफा, प्रतिसेयर नेटवर्थ २२८.९२ पुग्यो

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो ४५ करोड ८२ लाख नाफा, प्रतिसेयर नेटवर्थ २२८.९२ पुग्यो



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीले ४५ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा २२.२७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

त्यस्तै, कम्पनीको खुद बीमा शुल्क १४.९५ प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ३२ करोड रूपैयाँ आर्जन गरेको थियो ।

कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ११ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको बीमा कोष ९०.१० प्रतिशतले बढेको छ । बीमा कोषमा २ अर्ब २८ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १ अर्ब २० करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ११६ प्रतिशतले वृद्धि हुँदै ९१ करोड ३२ लाख पुगेको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२८.९२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्