Logo

आईएमई लाइफको छैटौँ वार्षिकोत्सवमा वित्तीय जनचेतनामूलक तालिम, सातवटै प्रदेशका विभिन्न ४१ स्थानमा कार्यक्रम

आईएमई लाइफको छैटौँ वार्षिकोत्सवमा वित्तीय जनचेतनामूलक तालिम, सातवटै प्रदेशका विभिन्न ४१ स्थानमा कार्यक्रम



काठमाडौं । वित्तीय साक्षरताद्वारा युवा सशक्तीकरण गर्ने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले युवा दिवसको उपलक्षमा देशैभरि युवा लक्षित तालिम कार्यक्रमहरू सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरूलाई सामान्य वित्तीय ज्ञान दिने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले शनिवार सात वटै प्रदेशका विभिन्न ४१ स्थानहरूमा उपरोक्त तालिम कार्यक्रम गरेको हो ।

आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौँ वर्ष पुरा गरेको अवसरमा मुलुकभर उक्त कार्यक्रम गरिएको हो । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारकोलागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

मुलुकभर गरिएको वित्तीय जनचेतनामूलक कार्यक्रममा ३ हजार भन्दा बढी युवाहरू सहभागी भए । बीमा कम्पनीले एकै दिन तीन हजार भन्दा बढी युवालाई एकै पटक वित्तीय जनचेतनामूलक अभियान गरेको सम्भवतः यो पहिलो पटक हो ।

भाद्र १ गते आसन्न आफ्नो छैटौँ वार्षिकोत्सव मनाउने क्रममा यस अघि आईएमई लाइफ इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम गरेको छ । देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा देशैभरि विभिन्न १३ स्थानहरूमा वृहत् स्वास्थ्य शिविर कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL