Logo

अब मासिक एक सय रुपैयाँमै डिशहोम हेर्न पाइने, पुराना ग्राहकले पनि लाभ उठाउन सक्ने

अब मासिक एक सय रुपैयाँमै डिशहोम हेर्न पाइने, पुराना ग्राहकले पनि लाभ उठाउन सक्ने



काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मुल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । अव डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र एक सय रुपैयाँमा डिशहोमको टिभी हेर्न पाउने छन् ।

डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ । यस्तै यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरिरहेका ग्राहकले फाईवर नेटको कनेक्सन लिन सक्नेछन् ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एकचडि च्यानल सहित २०० भन्दामाथि उच्च पिक्चर क्वलिटीको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नेछन् । यो अफरको वारेमा थप जानकारी चाहिएमा ०१ ५९७०३६५ मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनलिे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL