Logo

शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए पद तथा गोपनीयताको शपथ

शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवालले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष गौरव अग्रवालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष अग्रवाललाई शपथ गराएका हुन् ।

अध्यक्ष अग्रवाल गत शुक्रबार अर्थात् साउन १९ गते शिखर इन्स्योरेन्सको अध्यक्षमा नियुक्त भएका थिए । कम्पनीका यसअघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले साउन १९ गतेबाट लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गरी सञ्चालक समितिले रिक्त रहेको पदमा अग्रवाललाई नियुक्त गरेको थियो ।

नव नियुक्त अध्यक्ष अग्रवालले आइतबार ललितपुरको कुपनडोलस्थित बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भएर शपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL