Logo

अर्बपति विनोद चौधरी भन्छन्, ‘सोसल विजनेसले सामाजिक रुपान्तरण ल्याउँछ ।’ के हो त सोसल विजनेस ? हेर्नुहोस

अर्बपति विनोद चौधरी भन्छन्, ‘सोसल विजनेसले सामाजिक रुपान्तरण ल्याउँछ ।’ के हो त सोसल विजनेस ? हेर्नुहोस


बिजखबर संवाददाता
0
Shares

विश्वका अर्बपतिको सूचिमा रहेका विनोद कुमार चौधरीले सोसल विजनेशमार्फत सामाज रुपान्तरण गर्न सकिने बताएका छन् । चौधरी समूहका अध्यक्ष समेत रहेका उनले सकारात्मक सामाजिक परिवर्तनका लागि गरिने ‘सोसल विजनेस’ले  समाजको रुपान्तरण गर्नसक्ने बताएका हुन् ।

सातौं विश्व सोसल विजनेस दिवसका अवसरमा चौधरी फाउण्डेसनले काठमाडौंमा मंगलबार आयोजना गरेको  कार्यक्रममा बोल्दै चौधरीले नेपालमा सोसल विजनेशको विशेष महत्व रहेको बताएका हुन् । ‘देशको आर्थिक एवं सामाजिक परिवर्तन ल्याउन सोसल विजनेस निकै प्रभावकारी सावित हुन्छ’ उनले भने, ‘हाम्रो जस्तो मुलुकमा सोसल विजनेशले अझ बढी महत्व राख्दछ ।’

NSB Event1

कार्यक्रममा बोल्दै नेपालका लागि अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले सोसल विजनेसले नेपालको सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा रुपान्तरित हुने लक्ष्यमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । त्यस्तै, नेपालका लागि युएनडिपी उपप्रमुख सोफी केम्खाद्जले नेपालको दीगो विकासका लागि सोसल विजनेसको विशेष योगदान रहने बताए ।

सातौं विश्व सोसल विजनस डे दिवस नेपालमा सोसल विजनेससम्बन्धी चेतनामूलक कार्यक्रमहरु गरी मनाउने क्रममा चौधरी फाउण्डेसनले उक्त समारोहको आयोजना गरेको समूहका महाप्रबन्धक (कर्पोरेट कम्युनिकेशन÷पीआर)ले बताए । दिवसको अवसरमा चौधरी फाउण्डेसनले काठमाडौंका एकहप्ते कार्यक्रमको आयोजना गर्दै विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागि सोसल विजनेससम्बन्धी अभिमुखीकरण कार्यशाला सञ्चालन गरेको उनले जानकारी दिए ।

सोसल विजनस के हो ?

नोबल शान्ति पुरस्कार विजेता बंगलादेशका प्रोफेसर मोहम्मद युनुसले सोसल विजनसको परिकल्पना प्रस्तुत गर्नुभएको थियो । यसको उद्देश्य समाजमा सकारात्मक प्रभाव पर्ने सानो पुँजीको व्यवसायको स्थापना गर्नु हो । यसमा व्यक्तिगत लाभको अपेक्षा गरिँदैन र डिभिडेन्ड पनि बाँडिदैन । व्यवसायबाट प्राप्त लाभ फेरी सोही व्यवसायको पुँजीबृद्धिमा उपयोग गरिन्छ अथवा अन्य सामाजिक महत्वका व्यवसायमा लगानी गरिन्छ । व्यवसायबाट हुने नाफाबाटै यो आत्मनिर्भर र दीगो बन्छ ।

यो परिकल्पनालाई विश्वका विभिन्न राष्ट्रमा विभिन्न संघसंस्था तथा प्रतिष्ठानहरुले अंगालेर कार्यान्वयन गरिरहेका छन् । बंगलादेशमा अत्यन्तै सफल यो अभियानलाई युरोपियन कमिसनले रोमानिया, फ्रान्स, हंगेरी, नेदरल्याण्ड्स, पोल्याण्डलगायतका राष्ट्रमा सफलताका साथ सञ्चालन गरिसकेको छ । अस्ट्रेलिया, अमेरिका, क्यानाडा, कोरियालगायतका राष्ट्रमा पनि विभिन्न संघसंस्था र विश्वविद्यालयले सोसल विजनसका कार्यक्रमहरु सञ्चालनमा ल्याइरहेका छन् । युनुस सेन्टरसँगको समन्वयमा नेपालमा चौधरी फाउन्डेसनमार्फत सोसल विजनेसका कार्यक्रम सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्