Logo

एलआइसीले पाँच वटा नयाँ बीमा लेख ल्याउने, ९९ प्रतिशत दाबी भुक्तानी समयमै दिन सफल भएको दाबी

एलआइसीले पाँच वटा नयाँ बीमा लेख ल्याउने, ९९ प्रतिशत दाबी भुक्तानी समयमै दिन सफल भएको दाबी



काठमाडौं । जीवन बीमा कम्पनी (एलआईसी) नेपालले पाँच वटा नयाँ बीमा पोलिसी ल्याउने तयारी गरेको छ । कम्पनीको २०औं वार्षिक साधारण सभा बुधबार सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले पाँच वटा नयाँ बीमालेख ल्याउने तयारी भएको बताएका हुन ।

उनले ठूला ठूला जोखिम लिन, राईट शेयर जारी गर्न, कम्पनीको आफ्नै भवन बनाउन र उत्कृष्ट कम्पनीको सेवा प्रदान गर्न एलआईसी नेपाल सक्षम रहेको उल्लेख गरे ।

त्यस्तै कम्पनीका संचालक अशोक अग्रवालले बीमा सेवा चुस्त दुरुस्त बनाउँदै छिट्टै एक नम्बर कम्पनी हुने बताए । उनले कम्पनीले ९९ प्रतिशत दाबी भुक्तानी समयमै दिन सफल भएको समेत बताए । कम्पनीका अध्यक्ष सिद्धार्थ महान्थीले भने भर्चुअली रुपमा भारतबाट सभामा सहभागिता जनाएका थिए ।

हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारणको हिस्सा ७०ः३० बाट परिवर्तन गरी ६५ः३५ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL