Logo

एनएलजी इन्स्योरेन्सको हकप्रद प्रस्ताव पारित, ६६% अनुपातमा हकप्रद शेयर जारी गर्ने

एनएलजी इन्स्योरेन्सको हकप्रद प्रस्ताव पारित, ६६% अनुपातमा हकप्रद शेयर जारी गर्ने



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विषे्श साधारण सभा सम्पनन्न भएको छ । सभाले ६६% अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरेको छ । सोमबार सम्पन्न विशेष साधारण सभाले हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९० रुपैयाँ रहेको छ । उक्त साधारण सभामा कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले आव २०७८÷७९ को तुलनामा १.८९ प्रतिशत वृद्धि भई २ अर्ब ४१ करोड आर्जन गर्न सफल भएको विवरण पेस गरेका थिए ।

सभामा आव २०७९÷८० मा २ अर्ब १५ करोड कूल दाबी भुक्तानी गरेको विवरणमा उल्लेख गरिएको थियो भने अघिल्लो वर्ष १ अर्ब ९४ करोड भुक्तानी गरेको थियो ।

कम्पनीको कूल दाबी भुक्तानी २१ करोड वृद्धि भएको सभामा कम्पनीका अध्यक्ष वाग्लले पेस गरेका थिए । हकप्रदपछि कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले सोही अनुसार जारी तथा चुक्ता पूँजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव सभाले अनुमोदन गरेको छ । सभाले प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरबदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्