Logo

सामसङ टेलिभिजन सेटमा ३ वर्षको पूर्ण वारेन्टी, यी सिरिजहरुमा हुनेछ लागु

सामसङ टेलिभिजन सेटमा ३ वर्षको पूर्ण वारेन्टी, यी सिरिजहरुमा हुनेछ लागु



काठमाडौं । सामसङ नेपालले टेलिभिजन सेटमा ३ वर्षको पूर्ण वारेन्टी प्रदान गर्ने अफर ल्याएको छ । यो वारेन्टी आगामी असार मसान्तसम्म सामसङको आधिकारिक आउटलेटहरूबाट खरिद गरिएको सामसङ टी, ए, बी र सी–सिरिज टिभी सेटहरूमा लागु हुनेछ ।

सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताले यस अफर मार्फत आफ्ना ग्राहकहरूलाई पूर्ण सन्तुष्टिको साथ गुणस्तरीय स्क्रिन टाइमको आनन्द लिने अवसर प्रदान गर्न पाउँदा आनन्द मिलेको बताए । ३ वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकहरूलाई चिन्तामुक्त आश्वासन प्रदान गर्ने र यो अफर सकेसम्म धेरै उपभोक्ताहरूलाई प्रदान गर्न पाउने आशा राखेको उनको भनाइ छ ।

यो अफर क्युएलईडी, फ्रेम, युएचडी, एफएचडी टिभी जस्ता धेरै सामसङ टिभीको रेन्जहरूमा लागु हुनेछ । यो वारेन्टी अफर २०२३ अगष्ट १ देखि ३२” देखि ८५” का सामसङ टिभीको उपलब्ध रेन्जहरू अन्तर्गत खरिद गरिएका टिभीहरूका लागि मान्य हुनेछ र डिसेम्बर ३१, २०२३ मा सो अफर समाप्त हुनेछ ।

यो अफर नेपालका लागि सामसङ टिभीहरूको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका र उल्लिखित टि, ए, बि र सी सिरिजका टिभीहरूमा मात्र लागू सामसङले जनाएको छ । यस ३ वर्षको वारेन्टी अफरमा रिमोटहरू भने समावेश गरिएको छैन । रिमोट कन्ट्रोलहरूमा भने एक वर्षको वारेन्टी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL