Logo

हर्क साम्पाङलाई आईएमई लाइफको साथ, दियो एक हजार बिरुवा

हर्क साम्पाङलाई आईएमई लाइफको साथ, दियो एक हजार बिरुवा



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेशले कम्पनीको छैटौँ वार्षिकोत्सवको उपलक्ष्यमा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा एक हजार बिरुवा प्रदान गरेको छ । आईएमई लाइफको कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयले मेयर साम्पाङको वृक्षारोपण अभियानमा सहभागिता जनाउँदै बिरुवा प्रदान गरेको हो ।

उनीहरूले मेयर साम्पाङको उक्त अभियानमा सहयोग पुगोस् भन्ने हेतुले बिरुवा प्रदान गरेको बताए । हिजो आईएमई लाइफको कोशी प्रदेशका २ सयभन्दा बढीले उक्त अभियानमा श्रम दान गरेका हुन् । उक्त अभियानमा कम्पनीका प्रदेश प्रमुखको पनि सहभागिता रहेको थियो ।

देशमा हुने विकासको गतिविधिहरूमा आइएमई लाइफले सहयोग गर्दै सहभागिता जनाउँदै आइरहेको छ । आगामी दिनमा पनि यस्तो विभिन्न क्रियाकलापहरूमा सहभागिता हुने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL