Logo

आइएमई पेमा आयो एयरलाइन्स टिकटमा ‘फ्ल्यास सेल्स’, अफर साउन २६ सम्म चल्ने

आइएमई पेमा आयो एयरलाइन्स टिकटमा ‘फ्ल्यास सेल्स’, अफर साउन २६ सम्म चल्ने



काठमाडौँ । ‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ।
यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा रु २०० क्यासब्याक पाउने छन् । यो अफर साउन ७ देखि साउन २६ सम्म चल्ने छ ।

उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्न सक्नेछन् ।

सो अफर अवधि भित्रमा एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुट सहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL