Logo

सीजीनेटले ल्यायो आकर्षक आरआरआर अफर, फ्रि इन्टरनेटदेखि स्मार्ट टीभीसम्म उपहार

सीजीनेटले ल्यायो आकर्षक आरआरआर अफर, फ्रि इन्टरनेटदेखि स्मार्ट टीभीसम्म उपहार



काठमाडौँ । नेपाली इन्टरनेट सेवा क्षेत्रको परिचित कम्पनी सीजीनेटले आरआरआर (रिफर, रिदम, रिपिट) नामक अफर ल्याएको छ । जस अन्तर्गत सिजिनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउनेछन् । साथै यसै अफर अन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउनेछन् ।

अफर अन्तर्गत रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको नि:शुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउँनेछन् । यसका साथै ३ जना सम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिने कम्पनीले जनाएको छ ।

सीजीनेटका उत्पादन प्रबन्धक करुणेश गुप्ता भन्छन् “हामी हाम्रा मूल्यवान ग्राहकहरूलाई RRR अफर प्रस्ताव गर्न पाउँदा उत्साहित छौं र हाम्रा हितैषी ग्राहकहरुलाई उहाँहरुको सहयोग र हाम्रो भरपर्दो इन्टरनेट सेवाहरूको बारेमा प्रचार गरेकामा पुरस्कृत गर्नु पर्दछ भन्ने कुरामा विश्वास राख्दर्छौं” ।

अभियानमा सहभागी हुन थप प्रोत्साहनको रूपमा कम्पनीले प्रस्तावको ४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफररहरूलाई ट्र्याक गर्नका लागि लिडरसिप बोर्ड लागू गरेको छ । यस अवधिभरमा सफल्तापूर्वक सबै भन्दा बढी रिफर गर्ने ३ जना मध्ये सबै भन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिनेछ भने दोस्रो-उच्चतम रिफररले अत्याधुनिक ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछ र तेस्रो-उच्चतम रिफररलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL