Logo

बोटलर्स नेपालले जित्यो ‘बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट’को लागि गोल्ड अवार्ड

बोटलर्स नेपालले जित्यो ‘बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट’को लागि गोल्ड अवार्ड



काठमाडौं । बोटलर्स नेपाल लिमिटेड (बिएनएल) लाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आइक्यान) द्वारा आयोजित एक कार्यक्रममा म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरी अन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बिपिए) २०२२ को लागि गोल्ड अवार्ड प्रदान गरिएको छ । आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर, र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि बिएनएल लाई यो अवार्ड प्रदान गरिएको हो ।

बोटलर्स नेपाल (तराई) लिमिटेडलाई २०२२ को लागी सोही श्रेणीमा आईक्यानद्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले आफ्नो कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स माथि गर्व गर्दछ ।

‘बोटलर्स नेपालले हाम्रा सप्लायर, ग्राहक र सेयरहोल्डरहरू लगायत सबै स्टेकहोल्डरहरूसँग राख्नुपर्ने ट्रान्स्पेरेन्सिको महत्व बुझ्दछ । कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स हाम्रो आन्तरिक प्रक्रिया र ग्लोबल कोका–कोला सिस्टमको अंश हो, जसलाई हामी उत्प्रेरित रूपमा पालना गर्छाँै । हामी हाम्रो सानो प्रयासको लागि मान्यता प्राप्त गरेकोमा कृतज्ञ छौं’, कम्पनीद्धारा जारी विज्ञप्तिमा छ ।

उक्त पुरस्कार अर्थमन्त्री डा. प्रकाश शरण महतले आइक्यानद्वारा आयोजित एक कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL