Logo

नेपाल क्लियरिङ हाउस ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’ अन्तर्गत सर्टिफिकेट अफ मेरिटबाट सम्मानित

नेपाल क्लियरिङ हाउस ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’ अन्तर्गत सर्टिफिकेट अफ मेरिटबाट सम्मानित



काठमाडौँ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’ अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्राप्त गरेको छ ।

एनसीएचएलले आर्थिक वर्ष २०७८/७९ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्स्टिच्युट अफ चार्टड अकाउन्टेन्स् अफ नेपाल (आईक्यान)द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

अघिल्ला वर्षहरुमा पनि एनसीएचएलले आईक्यान तथा साउन एसियन फेडेरेशशन अफ एकाउन्ट्सबाट विभिन्न पुरस्कार तथा सम्मानहरू प्राप्त गरेको थियो ।

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधैँ आत्मसात् गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्त्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ । एनसीएचएलले हरेक वर्ष पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजरतर्पmको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL