काठमाडौँ । चौधरी गु्रपअन्तर्गत रहेको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्रिजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीयव्यापार बढाउन मद्दत पुग्ने सीजी एग्रोटेकले जनाएको छ ।
हालै सम्पन्न एक समारोहबीच चौधरी गु्रपका प्रबन्धनिर्देशक वरुण चौधरी र डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयालअहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यस सहकार्यले डीएमसी र सीजी एग्रोटेकबीच बलियो सम्बन्ध स्थापनागर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउनसमेत सहयोग पुग्ने कम्पनीले जनाएको छ । यसबाहेक, यस साझेदारीले ज्ञान र सूचनाको आदान प्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथाअफ्ठ्याराहरूको सम्बोधनगर्न मद्दत गर्नेछ ।
यस सम्झौता प्रति उत्साह व्यक्त गर्दै सीजी एग्रोटेकका प्रवन्ध निर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल – युएई बीच रहेको कृषि व्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास ब्यक्त गरे । ‘डीएमसीसीसँग रहेको २३,००० सदस्यकम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिक रूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीयव्यापारलाई अझ व्यापक बनाउनका लागि हाम्रो क्षमतामा महत्वपूर्ण प्रभाव पार्नेछ,’ चौधरीले भने ।
डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीका अनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ । साथै, खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापी रूपमा कृषि वस्तुहरूको माग अझ बढ्ने उनले जनाएका छन् । ‘यो साझेदारीको माध्यमबाट डीएमसीसीलाई यी व्यापारिक अवसरहरूको मूल्यांक नगर्न मद्दत पुग्नेछ,’उनले भने ।
सीजी एग्रोटेकको बारेमा
सीजीएग्रोटेक नेपालमा कृषिजन्य वस्तुको उत्पादन र विक्रीवितरण गर्दै आएको एक अग्रणी संस्थाहो । यस कम्पनीले चिया, कफी र मह लगायत उच्च गुणस्तरका जडिबुटी र उत्पादनहरूको निर्यात गर्दै आएको छ । हिमालयन जडिबुटीहरूको प्राकृतिक गुण जोगाउने र दिगो कृषि अभ्यासहरूलाई प्रवद्र्धन गर्ने कम्पनीको प्रतिबद्धताले सीजी एग्रोटेकलाई स्वस्थ प्रिमियम उत्पादनहरू प्रदान गर्ने कम्पनीको रुपमा स्थापित गरेको छ ।
सीजी एग्रोटेक र डीएमसीसीबीचको सहकार्यले यस क्षेत्रको कृषि व्यापारमा नयाँ आयाम ल्याउने र कृषि क्षेत्रको वृद्धिलाई सहज बनाउदै नेपाल र दक्षिणपूर्वी एशियाबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।