Logo

हिमालयन जीवन उपहार योजना सार्वजनिक, यस्ता छन् विशेषता

हिमालयन जीवन उपहार योजना सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । यस कम्पनीले हिमालयन जीवन उपहार, दोहोरो लाभको बहारसहित हिमालयन जीवन उपहार योजना सार्वजनिक गरेको हो ।

यो योजना १६ वर्षदेखि ५४ वर्षसम्मका उमेर समूहका लागि रहेको छ । जसको न्यूनतम बीमांक रकम पाँच लाख रुपैयाँ रहेको छ भने बीमाको अवधि १६ वर्ष रहेको छ ।

मूल बीमालेखको प्रथम वार्षिकोत्सवमा मूल बीमालेखमा उल्लेखित बीमांक रकम बराबरको सहायक बीमालेख निःशुल्क प्रदान गरिनेछ । ऐच्छिक सुविधा अन्तर्गत एक करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ तथा आपाङ्ग अशक्त सुविधा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL