Logo

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन समारोह सम्पन्न, अभिकर्ताहरुलाई एकीकृत गर्ने उद्देश्य

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता मिलन समारोह सम्पन्न, अभिकर्ताहरुलाई एकीकृत गर्ने उद्देश्य



काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २ गते देशका विभिन्न ठाउँमा अभिकर्ता मिलन समारोह सम्पन्न गरेको छ । एकीकृत कारोबार पछि साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरुलाई एकीकृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

साउन २ गते झापाको बिर्तामोड, पर्साको वीरगन्ज, दाङको घोराही र कैलालीको धनगढीमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा दुवै कम्पनीका व्यवसाय दिएका सक्रिय अभिकर्ताहरुलाई सहभागी गराइएको थियो । चारै ठाउँमा भएको कार्यक्रममा सय–सय जना भन्दा बढी अभिकर्ताको उपस्थिति रहेको जनाइएको छ ।

कार्यक्रममा मर्जर पछिको बीमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरु, एजेन्सी सिस्टम र एजेन्सी स्किम बारेमा अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो । विर्तामोडमा सोन वहादुर मगर र प्रभाकर न्यौपाने, वीरगंजमा प्रयास श्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्त राज धमला र योगेन्द्र प्रसाद खतिवडा तथा धनगढीमा किशोर प्रसाद लामिछाने र रामेश्वर श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL