Logo

प्रभु महालक्ष्मी लाइफकी नव नियुक्त अध्यक्ष भट्टचनद्धारा सपथ ग्रहण

प्रभु महालक्ष्मी लाइफकी नव नियुक्त अध्यक्ष भट्टचनद्धारा सपथ ग्रहण



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडकी नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनले नेपाल बीमा प्राधिकरणमा सपथ ग्रहण गरेकी छिन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्राधिकरण कार्यालयमा आज उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

प्रभु महालक्ष्मी लाइफको श्रावण १ गते साँझ संचालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले शिक्षा भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको थियो । अमेरिकाबाट साइवर सेक्यूरिटिमा स्नातकोत्तर गरेकी अध्यक्ष भट्टचन प्रभु ग्रुप अन्तर्गत विभिन्न कम्पनीको उच्च तहमा वसि अनुभव हासिल गरेकी छिन् ।

आषाढ २९ गतेबाट एकिकृत कारोबार प्रारम्भ गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यिय संचालक समिति रहेको छ । अध्यक्ष भट्टचन लगायत संचालकहरुमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योती शेरचन र सुसन शेरचन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL