Logo

बर्जर रंगोत्सवको विजेताहरुको घोषणा, १५० भन्दा बढी ग्राहकहरुले जिते नगद र पुरस्कार

बर्जर रंगोत्सवको विजेताहरुको घोषणा, १५० भन्दा बढी ग्राहकहरुले जिते नगद र पुरस्कार



काठमाडौँ । २०७९ भाद्र १ गते देखि २०७९ मंसिर १० गतेसम्म दशैं–तिहार र फिफा विश्वकप २०२२ को अवसरमा सञ्चालन गरिएको बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरुको घोषणा गरिएको छ ।

बर्जर रंगोत्सव मार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकहरुले नगद र अन्य पुरस्कारहरु जितेका छन् । लक्की ड्र मार्फत इटहरीका रुपेश ढुंगानाले सोनी ७५ इन्च एलइडी टिभीको बम्पर पुरस्कार जितेका छन् । साथै बुटवलका भूपनारायण पौडेल र बिरगन्जका शिवकुमार नन्दवालले सामसङ ३४५ लिटरको रेफरिजेरेटर पुरस्कार प्राप्त गनेका छन् ।

अन्य पुरसकारहरुमा भाग्यशाली विजेताहरुले १० वटा सामसङ ७.२ केजी वाशिंग मेशीन, २० वटा सामसङ ए०३७ मोबाइल फोन र ७५ वटा एक्फिट स्मार्ट वाचहरु प्राप्त गरेका छन् ।

चाडपर्वको रमाइलो अवसरमा अझ खुसी थप्ने लक्ष्य सहित सार्वजनिक गरिएको बर्जर रंगोत्सव ग्राहक योजनामा ५५०० घरधनीहरुको साइत दर्ताले कम्पनीलाई थप उत्साहित बनाएको छ र गतबर्ष भन्दा अझ ठूलो, भब्य र राम्रो गर्ने गरी तयारी भईरहेको कम्पनीको भनाई छ ।

डिजिटल प्रतियोगिताका विजेताहरुको पूर्ण सूची बर्जर पेन्ट्स नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध छन् ।

बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि. नेपालमा सन् २००० देखि डेकोरेटिभ पेन्ट्सको उत्कृष्ट उत्पादक हो जस्ले नेपालमा सबैभन्दा बढी किसिमको पेन्ट उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL