Logo

सीजी डिजिटलको २३ औँ शोरुम भक्तपुरको गट्ठाघरमा, निः शुल्क पार्किङको व्यवस्था

सीजी डिजिटलको २३ औँ शोरुम भक्तपुरको गट्ठाघरमा, निः शुल्क पार्किङको व्यवस्था



काठमाडौँ । चौधरी ग्रुपको आफ्नै विद्युतीय सामग्रीको नयाँ मल्टीब्रान्ड सीजी डिजिटलको २३ औँ शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ। पूर्वमन्त्री महेश बस्नेतले शोरुमको उद्घाटन गरेका हुन् ।

सीजी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एजजी, सीजी, टीसीएल, गोडरेज, सेनसेई, मिडेया, बेको, ब्ल्याकंडेकर, केन्ट, एलिका, पिजन, क्रम्प्टनलगायतका विभिन्न घरायसी विद्युतीय सामाग्रीहरू रहने छन् । तल्लो तलाको २२५० वर्ग फिट एरियामा बनेको सीजी डिजिटलको शोरुममा निः शुल्क पार्किङको पनि व्यवस्था रहेको छ ।

दक्ष र अनुभवी सेल्स पर्सनहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरूको पूर्ण जानकारी पनि लिन सकिनेछ । यो शोरुम हप्ताको सातै दिन बिहान १०ः ०० बजे देखि बेलुका ०७ः ३० बजे सम्म सञ्चालन हुने छ।

भक्तपुरको गट्ठाघरमा खोलिएको यस सीजी डिजिटल शोरुममा ओपेनिङ्गको विशेष छुट, ० प्रतिशत किस्ता बन्दी , फ्री गिफ्टहरू का साथै एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ । साथै प्रोडक्ड लाइभ डेमो, कुकिङ क्लास, र प्रिभेन्टिभ मेन्टेनेस्स सर्भिस (प्रिभेन्टिभ सर्भिस सर्भिस) को पनि व्यवस्था गरिएको छ ।

चौधरी ग्रुपले काठमाडौँ लगायत काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुर, विराटनगर र पोखरामा पनि सी जी डिजिटल शोरुम सञ्चालन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL