Logo

प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा सदस्य मनोनयन, सर्वसाधारण समूहबाट पाण्डे र गौतम मनोनीत

प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा सदस्य मनोनयन, सर्वसाधारण समूहबाट पाण्डे र गौतम मनोनीत



काठमाडौं । एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमतिअनुसार सञ्चालक समिति गठन गरेको छ। ७ सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनीत भएका छन् ।

सर्वसाधारण समूहबाट दिपक पाण्डे र शंकर गौतम मनोनीत भएका छन् । २०७९ आषाढ ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यीय सञ्चालक समिति गठन गर्ने सहमति भएको थियो। स्वतन्त्र सञ्चालकको मनोनयन एकीकृत कारोबार पछिको सञ्चालक समितिले नियुक्त गर्ने सहमति भएको छ।

सञ्चालक समितिको अध्यक्षको हकमा एकीकृत कारोबार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनीत सञ्चालक अध्यक्ष बन्ने लिखित सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL