Logo

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान, शत प्रतिशत विलम्ब शुल्क छुट

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान, शत प्रतिशत विलम्ब शुल्क छुट



काठमाडौँ । सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान असार ११ गते देखि २८ गतेसम्म लागू हुनेछ ।

पुनर्जागरण अभियान अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै पनि बीमालेख व्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि बेहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL