Logo

‘आईएमई पेमा क्यासब्याकको वर्षा’ अभियानको निरन्तरता, टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा छुट

‘आईएमई पेमा क्यासब्याकको वर्षा’ अभियानको निरन्तरता, टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा छुट



काठमाडौँ । ‘आईएमई पे’ ले टिभी इन्टरनेटमा ‘प्रोमोकोडको वर्षा’ अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ।

यस अफर अन्तर्गत ग्राहकले आईएमई पे मार्फत टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमो कोडहरूको प्रयोग गरी रु १५० सम्म १०% छुट पाउने छन्। एक हप्ताको अन्तराल भरिमा ग्राहकले सो प्रोमो कोड एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।

‘आईएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आईएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।

प्रतिक्रिया दिनुहोस्
MBL