Logo

फ्यान्टाको ‘लेमिन चट्का’ नेपाली बजारमा, आँपको स्वामा रमाउन सकिने

फ्यान्टाको ‘लेमिन चट्का’ नेपाली बजारमा, आँपको स्वामा रमाउन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बोटलर्स नेपालले नेपाली बजारमा फ्यान्टाको नयाँ स्वाद ‘लेमिन चट्का’ ल्याएको छ । एक कार्यक्रमबीच उक्त पेय पदार्थको सार्वजनिक गरिएको हो ।

कम्पनीले प्रख्यात र सबैभन्दा धेरै रुचाइएको लेमनको स्वाद भएका फ्यान्टाको नयाँ अवतार फ्यान्टा लेमन सार्वजनिक गरेको हो । ‘लेमनि चट्का, फनको नयाँ फट्का’ को उत्कृष्ट स्वादबाट ग्राहकहरुलाई अझ ताजापन र विकल्पहरु प्रदान गर्दै कम्पनीले उत्पदान नेपाली बजारमा ल्याएको हो ।

फ्यान्टा लेमन, २०१६ को शुरुवातमा आँपको स्वाद भएको माजा संगै अनावरण गरिएको जुस श्रेणी अन्तर्गत पर्ने, यस कम्पनीको सबैभन्दा नवीनतम उत्पादन हो । कोका–कोला, स्प्राईट र फ्याण्टा अरेन्ज जस्ता ब्राण्डहरुका साथ कम्पनीको पहिले देखिने स्पार्कलिङ्ग पेय पदार्थको क्षेत्रमा आफ्नो वर्चश्व कायम गरेको छ । यी दुई उत्पादनहरुको प्रवेसले पेय पदार्थको श्रेणीमा कम्पनीको पकडलाई अझै मजबुत बनाउनुको साथै यसको व्यवसाय बृद्धिमा थप सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।

कार्यक्रामा कोका–कोलाको कन्ट्री डाइरेक्टर आलोक कोहलीले फ्यान्टा लेमनको विशेषता यसको उत्कृष्ट ट्याङि स्वादमा रहेको बताए । ‘केही वर्ष ग्राहकहरुको माझ यो उत्पादन नहुँदा पनि ग्राहकहरुले यसलाई नविर्सिनु यसको विशिष्टता र प्रसिद्धि नै हो,’ उनले भने, ‘ग्राहको अत्यधिक मागका ध्यानमा राखेर हामीले यसलाई पुनःअनावरण गर्ने निर्णय गरेका छौं ।’

नेपालमा फ्यान्टा लेमनको अनावरणसंगै अब यो उत्पादन विश्वभरि २० भन्दा बढी देशहरुमा उपलब्ध हुनेछ । फ्यान्टामा रहेको बब्लिनेसलाई अझ उजागर गर्न ध्यानपूर्वक सिट्रस फ्लेभरबाट तयार पारिएको यो विशेष मिश्रण नेपाली स्वादको लागि एकदम उपयुक्त छ । चिसो पेय पदार्थ संग सम्वन्धित प्लेफुल, बब्लि र फन क्षेत्र भित्र पर्ने फ्यान्टा लेमनले चमकदार र हल्का रंगलाई निरन्तरता दिएको छ ।

यसैगरी, बोटलर्स नेपालका डाइरेक्टर पुनित भर्सनेले यो उत्पादन सम्पूर्ण भारत लगाएत दक्षिण पश्चिम एशिया क्षेत्रमा उत्पादन बिलकुल नयाँ भएको र यसको शुरुवान नेपालबाट गरेको बताए । ‘ग्राहकहरुले ब्राण्ड प्रति देखाएको अत्यधिक प्रेम र निष्ठाले गर्दा हामीलाई स्थानिय रुपमा यसको उत्पदन र अनावरण गर्न प्रेरित गर्यो,’ उनले भने, ‘बब्लि फ््याण्टा प्रेमिहरुले ट्याङि स्वादको आनन्द उठाउन सकुन भनेर लन्च कार्यक्रमा ५० हजारभन्दा बढी ग्राहकहरुलाई यसको स्वाद चखाउने छौं ।’

कम्पनीले सो उत्पादनलाई ५ सय मिलि प्याक मूल्य ६५ रुपैयाँ निर्धारण गरेको छ । शुरुवातमा बिग मार्ट, सेल्सवेज् र मेगामार्ट जस्ता २५ स्टोर्समा अनावरण गरिने भएको छ । फ्यान्टा लेमन ५ जुन, २०१६ बाट नेपालभरिका मुख्य शहरहरुमा रहेका परम्परागत र आधुनिक पसलमा उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL