Logo

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को लागि आवेदन खुल्ला

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२३ को लागि आवेदन खुल्ला



काठमाडौँ । गोल्छा ग्रुपले ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुलाएको छ । यस वर्षको ग्लोकल टिन हिरो नेपाल सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिनेछ ।

ग्लोकल टिन हिरोमा किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिने जनाइएको छ ।

सन् २०१५ मा काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर सुरु भएको यसले सन् २०१६ सम्ममा नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो। हालसम्म नेपालका आठ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो सम्मानित गरिएको छ ।

अन्य दक्षिण एसियाली देशहरूमा आफ्नो क्षितिज विस्तार गर्ने परिकल्पनाका साथ, ग्लोकल टिन हिरोलाई भारतमा, श्रीलंकामा र त्यसपछि बंगलादेशमा क्रमशः २०१९, २०२० र २०२२ मा सुरु गरिएको थियो ।

शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र विभिन्न मिडिया टेलिभिजन मार्फत लाइभ स्ट्रिम पनि हुनेछ। समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगयता विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले https://glocalteenhero.com/nepal मार्फत निःशुल्क आवेदन भर्न सक्ने छन्। देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग विभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन् ।

ग्लोकलप्रालिले शीर्षक साझेदारको रूपमा गोल्छा गु्रप सँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा ग्ल्ज्ऋच्, युनिसेफ, संघीय गणतन्त्र जर्मनीको दूतावास,स पार्ट्नरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, द् ब्रिटिश कलेज, पंचकन्याग्रुप, डिशहोम गो, काठमाडौं वर्ल्ड स्कूल र रियल् जुसस आधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौस आतिथ्य पार्टनरमा सिद्धार्थ बिजनेश गु्रप अफ हसपीट्यालीटी र कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा नेपाल एयरलाइन्स, क्याथे प्यासिफिक एयरवेज र एति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेजस पी आर साझेदारमा प्रिस्मा एडभरटाईजिंगस समर्थकमा भ्यू योर् चोइस रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL