Logo

आईएमई पे को नयाँ अफर : १४ रुपैयाँमा आइफोन १४ जित्ने अवसर

आईएमई पे को नयाँ अफर : १४ रुपैयाँमा आइफोन १४ जित्ने अवसर



काठमाडौँ । ‘आईएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ । आईएमईले हिजो बिहीबार) देखि ‘रु १४ मा आइफोन १४’ नामक अफर सुरु गरेको हो । यो अफर आउँदो असार ३० गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

अफरमा ग्राहकले आईएमई पे को ’रु १४ मा आइफोन १४ ’ देखिएको ब्यानरमा गएर गेम खेल्न सक्नेछन् । यो गेम ग्राहकले जति पटक पनि १४ रुपैयाँ तिरेर खेल्न पाउने जनाइएको छ ।

आइफोन जित्ने ग्राहकको आईएमई पे बाट काटिएको रकम फिर्ता नहुने तर नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ताभित्र आईएमई पे मा फिर्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL