Logo

फ्रुटीको ब्रान्ड एम्बेसेडरमा उपासना सिंह ठकुरी चयन, एप्पि फिज पनि बजारमा

फ्रुटीको ब्रान्ड एम्बेसेडरमा उपासना सिंह ठकुरी चयन, एप्पि फिज पनि बजारमा



काठमाडौं । भारतको पेय पदार्थ कम्पनी पार्ले एग्रोले फ्रुटीलाई नेपाली बजारमा पुनः प्रस्तुत गरेको छ । नेपाली विज्ञापनको क्षेत्रमा क्लिन फिडको नियम लागू भएपश्चात् उक्त निर्णयको कदर गर्दै पार्ले एग्रोले पहिलो पटक फ्रुटीको ब्रान्ड एम्बेसेडर तोकेको जनाएको छ । अभिनेत्री उपासना सिंह ठकुरी फ्रुटीको ब्रान्ड एम्बेसेडरका रूपमा अनुबन्धित भएको कम्पनीले जनाएको छ ।

उपासना सिंह भन्छिन्, “सानैदेखि म्याङ्गो फ्रुटी, फ्रेस एन्ड जुसी सुनेकै हुँ र फ्रुटीको फ्यान भएका कारण नेपाली बजारमा फेरि पनि फ्रुटी आएको कुरामा हर्ष व्यक्त गर्छु । यस्तो बहुप्रतिष्ठित ब्रान्डको पहिलो ब्रान्ड एम्बेसेडर हुन पाउँदा मलाई गर्व लागेको छ । हामीलाई खाजा, नास्ता गर्दा गर्मीको बेला फ्रुटी नै चाहिन्छ । नेपालमा फ्रुटीले फेरि पनि युवाहरूसामू आफ्नो छाप छोड्न भन्ने मलाई विश्वास छ ।“

फ्रुटी १२५ मिलि तथा २०० मिलिको कार्टन प्याक तथा १५० मिलि, २५० मिलि र ५०० मिलिको पीईटी बोटलमा उपलब्ध छ । त्यसैगरी पार्ले स्याउको कार्बोनेटेड पेय – एप्पि फिज पनि बजारमा प्रस्तुत गरेको छ । नेपाली बजारका लागि यो नौलो पेय पदार्थ हो – जसमा कृत्रिम नभई साँच्चिकै स्याउको पेय पदार्थलाई कार्बोनेटेड गरिएको कम्पनीले जनाएको छ । एप्पि फिजका लागि अभिनेत्री प्रियङ्का कार्की ब्रान्ड एम्बेसेडर तोकिएकी छिन् ।

प्रियङ्का कार्की भन्छिन्, “एप्पि फिजको नेपालको पहिलो ब्रान्ड प्रतिनिधि हुन पाउँदा म निकै उत्साहित छु, र मेरो यो उत्साहलाई सबै नेपालीहरूसामू फैलाउन पनि चाहन्छु । एप्पि फिज अरू ड्रिङ्कहरूभन्दा फरक छ, यसको स्वाद पृथक् छ, नौलो छ । ताजापनका लागि कुनै ड्रिङ्क खानुहुन्छ भने म एप्पि फिज नै खानुहोस् भन्छु ।“

एप्पि फिज १६० मिलि, २५० मिलि, तथा ५०० मिलिको PET बोटलमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । फ्रुटी र एप्पि फिजलाई नेपालको हरेक कुनासम्म पुर्‍याउने योजनाका साथ पार्ले एग्रोले विशाल ग्रुपसँग साझेदारी गरेको छ । विशाल ग्रुपको साउथ एसियन बेभरेजले हाल नेपालमा फ्रुटी तथा एप्पि फिज पेय पदार्थ नेपालभरि वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्