Logo

२ वर्षदेखि महशुल नतिर्ने रोल्पा सिमेन्टको विद्युत काटियो, प्राधिकरणले साढे ८ करोड उठाउनु पर्ने

२ वर्षदेखि महशुल नतिर्ने रोल्पा सिमेन्टको विद्युत काटियो, प्राधिकरणले साढे ८ करोड उठाउनु पर्ने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रोल्पा सिमेन्टको विद्युत लाईन काटेको छ । कम्पनीले २ वर्षदेखि एकपटक पनि विद्युत महशुल नतिरेपछि विद्युत काटिएको लुम्बिनी प्रदेश डिभिजन कार्यालयले जानकारी दिएको छ ।

कम्पनी संचालकलाई पटक पटक विद्युत महशुल तिर्न आग्रह गरिरहँदा पनि कम्पनी संचालकले वास्ता नगरेपछि वाध्यतावस लाईन काट्नु परेको कार्यालयको भनाई छ ।

प्राधिकरणका अनुसार रोल्पा सिमेन्टको ८ करोड ४४ लाख रुपैयाँ बक्यौता रहेको छ । कम्पनीलाई नसके किस्तामा भएपनि वक्यौता रकम बुझाउनु भनेर छुट दिईएपनि हालसम्म कम्पनीले वास्ता नगरेको प्राधिकरणको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL