काठमाडौं । आईएमई ग्रुप अन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिंदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर सार्वजनिक गरेको छ ।
२९ चैतदेखि २६ भदौ २०८० सम्म चल्ने यो अफरमा ग्राहकवर्गले आईएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात आईएमई पे वालेटबाट आईएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच (हेयलोउ आरटीएलएस ०५५) जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अफर अनुसार प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनोट गरिनेछ । यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ । यस अफर अवधिभर वालेट-टु-वालेट ट्रान्सफर गर्ने ग्राहकहरुले सो पुरस्कार जित्न सक्नेछन् ।
ग्राहकहरुले वालेट-टु-वालेट ट्रान्सफर (पीटूपी) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरुलाई विद्युतीय भुक्त्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।