Logo

नयाँ वर्षमा गोदरेजको क्यासब्याक अफर सार्वजनिक, २६ प्रतिशत सम्मको अधिकतम छुट

नयाँ वर्षमा गोदरेजको क्यासब्याक अफर सार्वजनिक, २६ प्रतिशत सम्मको अधिकतम छुट



कामठाडौँ । रेफ्रिजीरेटर ब्रान्ड गोदरेजले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘क्यासब्याक’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले यो योजनाको लाभ चैत्र १७, २०७९ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ । ग्राहकहरुले हरेक गोडरेजको सामानको खरिदमा २६ प्रतिशत सम्मको अधिकतम छुट पाउन सकिने कम्पनीले जनाएको छ। यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। गोडरेजका सामानहरुमा १० वर्ष को कम्प्रेसर वारेन्टी र मोटर वारेन्टी रहेको छ।

नेपालभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्