Logo

एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाडौंमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८÷०७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरीएको २०७९ साल आषाढ मसान्तको वासलात पारित गरिएको छ ।

यसका साथै आव २०७ं८÷०७९ को नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल भई पारित गर्ने निर्णय समेत भएको छ ।

कम्पनीको अधिकृत पूँजी एक खर्ब ५० अर्बबाट बृद्धि गरी तीन अर्ब पुर्याउने विशेष प्रस्ताव सभामा निर्णयार्थ प्रस्तुत भएकोमा सो पारित गरिएको छ ।

कम्पनीका अध्यक्ष विमल प्रसाद वाग्लेले १०.५२६३१५८ प्रतिशत लाभांश समेत पारित भएको जानकारी दिए । सञ्चालक समितिले रिक्त रहेको स्वतन्त्र संचालक पदमा कविराज अधिकारीलाई मिति २०७९÷०२÷३१ गतेदेखि चार (४) वर्षको लागि नियुक्त गरिएकोमा सभामा उक्त नियुक्ती सर्वसम्मतिबाट अनुमोदन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL