Logo

माउण्टेन डिउको नयाँ टिभिसी, अभिनेता अनुपविक्रमको जोखिमपूर्ण स्टन्ट

माउण्टेन डिउको नयाँ टिभिसी, अभिनेता अनुपविक्रमको जोखिमपूर्ण स्टन्ट



काठमाडौं । माउण्टेन डिउले सधैँ नै साधारण र असाधारणबीचको भिन्नता भनेको डर र आत्म शंकाभन्दा पर जाने निर्णय हो भन्ने मान्यतालाई कायमै राखेको छ । नेपाली युवालाई पकड राख्ने र चिन्तनशील विचारको सिनेम्याटिक टिभिसिमार्फत उनीहरु भित्रको डरभन्दा बाहिर निस्कन अभिप्रेरित गर्दै आएको प्रयासलाई निरन्तरता दिँदै माउण्टेन डिउले ब्राण्ड सद्भावनादूत अभिनेता अनुपविक्रम शाहीलाई आफ्नो नयाँ फिल्म (टिभिसी) मार्फत सार्वजनिक गरेको छ ।

जिन्दगीभन्दा ठूलो, अत्यन्त जोखिमयुक्त स्टण्ट र प्रेरणादायी कथा भएको यो नयाँ प्रचार अभियानले ब्राण्डको विद्यमान ‘डरको अगाडि जीत छ’ भन्ने मूलमन्त्रलाई नेपाली उपभोक्तामाझ अझ व्यापक बनाउने विश्वास गरिएको छ ।

अत्यन्त जोखिमले भरिएको टिभिसीमा अनुपले एउटा कार्गो प्लेनमा एकदमै उच्च स्थानबाट यसभन्दा अघि कहिल्यै नगरेको बिना सहायता हाम फाल्ने स्टण्ट गर्न लागेकोबाट प्रारम्भ हुन्छ, जुन स्टण्टको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिरहेको हुन्छ । जब उनको समुहले स्टण्टको जोखिम स्थान औल्याउँछ, तब अनुपले आफ्नो अगाडि आएको छनौटको मुल्याँकन गरेर चिन्ता लिएको देख्छौं । त्यसैबीच उनले माउण्टेन ड्युको एक चुस्कि पिएपश्चात् उनको मुहारमा दृढता देखिन्छ र उजले चुनौतीको सामना निर्धक्कपूर्वक गर्दै सबैका सामू विजेता बनेर उभिन्छन् ।

यो टिभिसीमा माउण्टेन डिउको विश्वासलाई दर्शाइएको छ, जस अनुसार अगाडि आइपरेको चुनौतीहरु सामना गर्नु पर्दा त्यहाँ दुई रोजाईहरु हुन्छन् या त डरदेखि डराएर भाग्ने अथवा डरलाई जितेर अगाडि बढ्ने–यही नै त्यो रोजाई हो जसले वास्तविक हिरोहरुलाई बाँकी अरुभन्दा भिन्न राख्दछ ।

प्रचार अभियानको बारेमा जानकारी दिँदै पेप्सीका नेपालका वरिष्ठ मार्केटिङ्ग डाइरेक्टर अनुज गोयल भन्छन् – ‘डरको अगाडि जीत छ’ भन्ने आदर्श वाक्यका साथ माउण्टेन डिउले सधैँ नै जोखिम मोल्नेहरुलाई सलाम गर्दै आएको छ र ग्राहकहरुलाई उनीहरुको डरसंग जुधेर, कठिनाईहरुको सामना गर्दै सफलता चुम्न हौस्याउँदै आएको छ । यो हाम्रो नयाँ रोमाञ्चकारी र अत्यन्त जोखीमपूर्ण स्टण्टमार्फत् माउण्टेन ड्युले वास्तविक हिरोहरु ती हुन् जसले उनीहरुको अगाडि आइपरेको चुनौतीको डटेर सामना गर्दछन् र विजेता बनेर उभिन्छन् भनेर दर्शाउने लक्ष्य लिएको छ । हामी एकपटक फेरि अनूपसंग सहकार्य गर्न पाएकोमा हौसिएका छौं, जसले माउण्टेन ड्युको आदर्शलाई वास्तविकतामा परिणत गरिदिएको छ । हामीआशा वादी छौं कि हाम्रा उपभोक्ताहरु र अनूपका प्रशंसकहरुले माउण्टेन ड्युसंगको डरको अगाडि जीत छ भन्ने यो विश्वासलाई गुञ्जायमान गराउनु हुनेछ ।’

टिभिसि सुटिङ्ग गर्दाको आफ्ना् अनुभव सुनाउँदै ब्राण्ड सद्भावनादूत अनुपविक्रम शाहीले भनेका छन् – ‘माउण्टेन डिउको लागि यो नयाँ रोमाञ्चक विज्ञापन सूट गर्नु मेरो लागि एक मुटु कमाउने अनुभव रह्यो । सधैंजसो यसप्रकारको प्रतिष्ठित ब्राण्डसंग आबद्ध हुन पाउनु र डरको अगाडि जीत छ भन्ने आदर्श, जसलाई मैले पनि अँगीकार गरेको छु, त्यसलाई समर्थन गर्न पाउनुले मलाई हर्षित बनाएको छ । मलाई विश्वास छ कि नयाँ प्रचार अभियानले नेपालका युवाहरुलाई प्रोत्साहित गर्नेछ र उनीहरुलाई उनीहरुका डरहरुसँग जुध्न हिम्मत जुटाउनेमा विश्वस्त छु र बाधाहरु साना ठूला चाहे जे भएपनि त्यसमाथि विजयी हासिल गरेरै छाड्ने छन् ।’

नयाँ माउण्टेन डिउ प्रचार अभियान र टिभिसी टिभि, डिजिटल, आउटडोर र सोसल मिडियाभर व्यापक रुपमा प्रचार–प्रसार गरिनेछ । माउण्टेन ड्यु आधुनिक एवं परम्परागत पसलहरुका साथ–साथै अग्रणी इ–कमर्स प्लेटफर्महरु भरी सिंगल र मल्टि सर्भ प्याकहरुमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्