Logo

शाओमी नेपालको सामाजिक उत्तरदायित्व कार्यक्रम, बाल आश्रमलाई शैक्षिक र स्वास्थ्य सामग्री सहयोग

शाओमी नेपालको सामाजिक उत्तरदायित्व कार्यक्रम, बाल आश्रमलाई शैक्षिक र स्वास्थ्य सामग्री सहयोग



काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन कम्पनी शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी ललितपुरको गोदावरीमा रहेको बाल आश्रम हो ।

शाओमीले आफ्नो व्यापारिक उत्पादन तथा सन्चालनसँग मिल्दोजुल्दो क्षेत्रहरूमा योगदान दिदै समुदायको विकासमा योगदान गर्दै आएको छ । शाओमीले समुदायमा सकृय रुपमा विभिन्न सामाजिक कल्याणकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा सोसाइटीलाई २०० भन्दा बढी स्कूल ब्याग, स्टेशनरी सामानहरु, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजरहरू प्रदान गरेको हो । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पाण्डेले यी संस्थाहरूलाई सहयोग हस्तान्तरण गरेको जनाइएको छ ।

यसबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डाले भने, “हाम्रो उद्देश्य सकेसम्म धेरै मानिसहरूसम्म पुग्नु र विद्यार्थीको शिक्षाको लागि समावेशी वातावरण सिर्जना गर्नु हो। यो अभियानको निरन्तर प्रयास र अन्तिम लक्ष्य ‘सबैका लागि शिक्षा’ हुनेछ । यस्ता कार्यक्रमहरुले व्यवसायलाई दीर्घकालीन रुपमा समाज, सर्वसाधारण र कम्पनी कै आवश्यकतालाई सम्बोधन गर्दछन् भन्ने कुरा मा हामी विश्वास गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस्
MBL