Logo

अन्तराष्ट्रिय बीमा प्रशिक्षकद्वारा नेपाल लाइफका ४०० बढी अभिकर्ता प्रशिक्षित

अन्तराष्ट्रिय बीमा प्रशिक्षकद्वारा नेपाल लाइफका ४०० बढी अभिकर्ता प्रशिक्षित



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौँको कालिमाटी आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा करिव ४०० जनाभन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवनबीमाका अन्तराष्ट्रिय ख्याति प्राप्त प्रशिक्षक तथा सफलजीवनबीमाअभिकर्ता विजयकुमार झा उपस्थित थिए ।

यस कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल,कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ्ग विभागका प्रमुख सुनिता पोखरेल,प्रदेश प्रमुखहरु सपुतचन्द्र खनाल, पुर्षोत्तम सापकोटा लगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL