Logo

शाओमीले सार्वजनिक गर्यो शाओमी १३ लाइट, यस्ता छन् विशेषता

शाओमीले सार्वजनिक गर्यो शाओमी १३ लाइट, यस्ता छन् विशेषता



काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट तस्बिरहरूको लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागशिप क्यामेरा प्रणाली प्रदान गर्ने यो फ्ल्यागशिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्लेले सुसज्जित छ ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भन्नु हुन्छ, “ शाओमीको लक्ष्य भनेको नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम प्रविधिहरु थप पहुँचयोग्य बनाउनु हो। हाम्रो यही मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट, उत्पादनको स्वामित्व खोज्ने जो कोहीको लागि उत्कृष्ट प्रदर्शन र अविश्वसनीय डिजाइनको साथ सार्वजनिक गरेका छौं ।”

यस शाओमी १३ लाइटमा 50MP ट्रिपल क्यामेरा सेटअप रहेको छ जसमा मुख्य क्यामेरा रहेको IMX766 सेन्सर जडान गरिएको छ । इमेजिङ इन्जिनद्वारा सञ्चालित शाओमी १३ लाइटको बलियो कम्प्युटेशनल फोटोग्राफी क्षमताहरूको साथ आई ट्र्याकिङ फोकस र मोशन क्याप्चरको साथ चलिरहेको विषयहरूमा स्वचालित रूपमा फोकस गर्न सक्षम छ जसले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ ।

सेल्फी जुम, पकेट मिरर, र शाओमी सेल्फी ग्लो जस्ता उपयोगी र रमाइलो सुविधाहरू समावेश गरिएको शाओमी १३ लाइटले सबै उच्च गुणस्तरको सेल्फीहरू र भिडियो कलहरू सजिलै लिन सक्षम बनाउँछ । यसमा भएको २ह सेल्फी जुमले क्लोजअप फोटोकोईनदेप्थ विवरणहरू खिच्न सक्षम बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL