Logo

४४ प्रतिशत परिवारको एलपी ग्याँसमा पाक्छ खाना, इन्टरनेट सुविधा ३७ प्रतिशतसम्म मात्रै

४४ प्रतिशत परिवारको एलपी ग्याँसमा पाक्छ खाना, इन्टरनेट सुविधा ३७ प्रतिशतसम्म मात्रै



काठमाडौं । नेपालको कुल परिवार संख्याको ४४ दशमलव ३ प्रतिशत परिवारले खाना पकाउन एलपी ग्याँस प्रयोग गर्ने गरेको पाईएको छ । केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो ।

तथ्यांक अनुसार नेपालमा हाल कुल घरपरिवाहरुमध्ये आधाभन्दा बढी ५१ प्रतिशत घरपरिवारले खाना पकाउन काठको दाउरा प्रयोग गर्ने गरेको पाईएको हो । अघिल्ला अर्थात २०६८ को जनगणना अनुसार नेपालमा कुल घरपरिवारमध्ये ६४ प्रतिशतले परिवारले खाना पकाउने काठ दाउर प्रयो गर्ने गर्दथे ।

तथ्यांक अनुसार नेपालमा हाल खाना पकाउनका लागि २.५ प्रतिशत घरपरिवारले बायोग्याँस प्रयोग गर्ने गरेको देखिएको छ ।

९२ प्रतिशत परिवारसम्म बिजुली

तथ्यांक विभागका अनुसार जनगणना अनुसार ९२ प्रतिशत घरपरिवारले घरमा बत्ति बाल्न विजुली प्रयोग गर्ने गरेको देखिएको छ । यसअघि २०६८ सालमा विजुली प्रयोग गर्ने घरपरिवारको संख्या जम्मा ६७ प्रतिशत मात्रै थियो । यस्तै यस अवधिसम्म नेपालमा सौर्य उर्जाको प्रयोग गर्ने परिवार ६.६ प्रतिशत छन् । २०६८ सालमा बत्तीका लागि मट्टितेल प्रयोग गर्नेको संख्या १८ प्रतिशत थियो ।

इन्टरनेट सेवा ३७ प्रतिशत परिवारमा मात्रै

राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त नतिजा अनुसार हालसम्म नेपालमा ३७.७२ प्रतिशत परिवारसम्म मात्रै इन्टरनेटको सुविधा पुगेको पाईएको छ । कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन, ३७.७२ प्रतिशतमा इन्टरनेट सुविधा र ३५.२१ प्रतिशतमा साइकल उपलव्ध रहेको तथ्यांकमा उल्लेख छ ।

यस्तै ३.८८ प्रतिशत परिवारहरुमा जनगणनामा सोधिएका कुनै पनि साधन तथा सुविधाहरु उपलव्ध नभएको पाइयो भने ९६.१२ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको सुविधा उपलब्ध भएको पाइएको छ । साधारण मोवाइल फोन हुने परिवारको संख्या ७३.१५ प्रतिशत छ भने त्यसपछि स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेका तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL