Logo

सामसङ्गले ग्यालेक्सी ए ३४ र ए ५४ फाइभ जी स्मार्टफोन नेपाली बजारमा ल्याउँदै

सामसङ्गले ग्यालेक्सी ए ३४ र ए ५४ फाइभ जी स्मार्टफोन नेपाली बजारमा ल्याउँदै



काठमाडौँ । सामसङ्गले नयाँ ए–सिरिजका स्मार्टफोनहरू ए३४ र ग्यालेक्सी ए५४ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । विश्वव्यापी विक्री सुरु भइसकेको नयाँ ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए५४ लाई नेपालमा ल्याउन लागिएको हो ।

लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषता भएकोले यसप्रति उपभोक्ताको चासो बढेको छ । दुवै स्मार्टफोनहरू तिनीहरूको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन् ।

ग्यालेक्सी ए३४ मा ४८ एमपि प्राइमेरी क्यामरा र २ एम पिम्याक्रो लेन्सका साथ आएको छ भनें ग्यालेक्सी ए५४ मा ५ एमपि म्याक्रो लेन्ससहित ५० एमपि प्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपिको अल्टा वाइड एंगल लेन्स जडित छ ।

यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो/भिडियो,पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफीलाई सहयोग पुर्‍याउने कम्पनीको दाबी छ । यी दुवै फोनमा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्