Logo

‘आइएमई पे मोबाइल टपअप’ मा पाँच प्रतिशत क्यासब्याकलाई निरन्तरता

‘आइएमई पे मोबाइल टपअप’ मा पाँच प्रतिशत क्यासब्याकलाई निरन्तरता



काठमाडौं । ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ ।

टप अपमा पाँच (५%) प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको कम्पनीले जनाएको छ । यो अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आमसेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको कम्पनीको भनाइ छ ।

आमसेवाग्राहीहरूले दुई हजार (रू.२, ०००) रिर्चाज गर्दा एक सय (रू. १००), एक हजार (रू. १, ०००) गर्दा पचास (रू. ५०) र एक सय (रू.१००) गर्दा पाँच (रू.५) क्यासब्याकका साथै हरेक रिर्चाजमा पाँच प्रतिशत (५%) सम्म प्राप्त हुनेगरी व्यवस्था मिलाइएको छ । यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोवाइल नम्बरमा दुई प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL