Logo

नारी दिवसमा इसेवाको विशेष अफर, महिला उद्यमीहरूका व्यवसायहरूमा इसेवासँग सहकार्य गर्दा इन्ट्रिगेशन शुल्क नलाग्ने

नारी दिवसमा इसेवाको विशेष अफर, महिला उद्यमीहरूका व्यवसायहरूमा इसेवासँग सहकार्य गर्दा इन्ट्रिगेशन शुल्क नलाग्ने



काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्वजनिक गरेको छ । अफर अन्तरगत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा इसेवा सँग सहकार्य (इन्ट्रिगेशन) गर्दा इन्ट्रिगेशन शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्ट्रिगेशन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यै पनि इन्ट्रिगेशनको शुल्क लाग्न छैन । यस अफरमा सहभागि हुन नारीहरुले तीन महिनााभित्र इसेवामा सम्पर्क गर्नु पर्नेछ ।

यसैगरी नारी दिवसको दिन अर्थात् फागुन २४ गते बुधवारको दिन नारीहरुले इसेवा मार्फत एनटिसी तथा एनसेल मोबाईलको टपअप गर्दा फ्ल्याटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था इसेवाले मिलाएको छ । यसको लागि टपअप गर्दा प्रोमोकोड नारी प्रयोग गर्नुपर्नेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाखगरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत आम नेपालीहरू सेवाप्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हाल एक लाख ८५ हजारभन्दा बढि एजेन्ट नेटवर्क मार्फत इसेवाका सेवा तथा सुविधा लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL