काठमाडौं । भारतबाट नेपालमा पेट्रोल र डिजेलको मूल्य सस्तीएर आउँदा खाना पकाउने ग्याँसको मूल्य भने बढेर आएको छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनले प्रत्येक महिनाको १६ र १ तारिखमा नयाँ इन्धनको मूल्य पठाउँछ । सोही अनुसार यसपल्ट डिजेल ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ ।
यस्तै पेट्रोलमा १ रुपैयाँ २१ सस्तीएको छ भने मट्टितेल र हवाई इन्धनमा क्रमशः ३ रुपैया ४० पैसा र ७ रुपैयाँ ३ पैसा सस्तीएको निगमले जानकारी दिएको छ । तर भारतले खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर ३ सय ३९ रुपैयाँले बढाएर पठाएको छ ।