Logo

मुरारका ग्रुप र सोमानी सेरामिक्सले टायल उत्पादन केन्द्र स्थापना गर्ने, ३.० मिलियन स्क्वाएर मिटर वार्षिक उत्पादन क्षमता

मुरारका ग्रुप र सोमानी सेरामिक्सले टायल उत्पादन केन्द्र स्थापना गर्ने, ३.० मिलियन स्क्वाएर मिटर वार्षिक उत्पादन क्षमता



काठमाडौं । नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससंगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिव ३.० मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो ।

काठमाडौंको म्यारियट होटलमा सञ्चारकर्मी तथा कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा सोमबार आयोजित एक पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइएको हो । यसबारेमा बोल्दै मुरारका ग्रुपका म्यानेजिङ डिरेक्टर पशुपति मुरारकाले भने, ‘मुरारका ग्रुप आफ्ना ग्राहकहरूलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ । यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपुर्ति गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं । साथसाथै नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

त्यस्तैगरी सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवम् सिइओ अभिषेक सोमानीले भने, ‘नेपालको प्रतिष्ठित व्यवसायिक घराना मुरारका ग्रुपसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौं । सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ र यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउने कुरामा हामी विश्वस्त छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL