Logo

इसेवा मनि ट्रान्स्फरका सीईओ कोइराला म्यानेजर अफ दि इयर २०२२ बाट सम्मानित

इसेवा मनि ट्रान्स्फरका सीईओ कोइराला म्यानेजर अफ दि इयर २०२२ बाट सम्मानित



काठमाडौँ । व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालालाई म्यानेजर अफ दि इयर २०२२ बाट सम्मान गरेको छ । नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै संस्थाले कोईरालालाई उक्त सम्मान गरेको हो । शनिबार राजधानीको होटल एभरेष्टमा भएको एक समारोहमा कोइरालालाई सम्मान गरिएको हो ।

समारोहमा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत कोइरालाले उक्त पुरस्कार इसेवा मनि ट्रान्स्फरको सञ्चालक तथा कर्मचारी, एफवान सफ्ट गु्रप र विदेशमा रहेका सम्पूर्ण नेपालीमा समपर्ण गरे । उनले विदेशमा रहेका नेपालीहरूको मायाँ र सद्भावले नै आफुहरू यस स्थानमा आइपुगेको भन्दै विशेष धन्यवाद दिए । साथै उनले इसेवा मनि ट्रान्स्फरलाई छनौट गरी पुरस्कृत गरेकोमा म्यानलाई समेत धन्वयाद ज्ञापन गरे ।

बिगत १८ वर्षदेखि रेमिट्यान्स्को क्षेत्रमा अनवरत रूपमा लागि रहेका अजेश कोइरालाले पछिल्लो समय इसेवा मनि ट्रान्स्फरको नेतृत्व गरिरहेका छन् । इसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्स्लाई जोड दिँदै आएको छ । विश्वका दुईसयभन्दा बढि मुलुकबाट इसेवा मनि ट्रान्स्फरमार्फत ८० प्रतिशत भन्दा बढि रेमिट्यान्स् डिजिटल रूपमा भित्रिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL