Logo

महालक्ष्मी लाइफ इन्स्योरेन्स पाचौँ वर्षमा प्रवेश, मुनाफामा ३५.४ प्रतिशतले वृद्धि गर्न सफल

महालक्ष्मी लाइफ इन्स्योरेन्स पाचौँ वर्षमा प्रवेश, मुनाफामा ३५.४ प्रतिशतले वृद्धि गर्न सफल



काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार सञ्चालनको चार वर्ष पुरा गरेको छ । नेपालको जीवन बीमा बजारमा देखा परेको अनेकौँ समस्या र कठिनाइका बीच बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा गुणस्तरीय व्यवसाय सँगै विस्वसनियता वृद्धिलाई प्राथमिकतामा राख्न पहल गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा यो वर्ष प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाइफ र महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ जस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यी सबै कार्यक्रम सञ्चालन गरेको कारण कारोबारमा निरन्तर वृद्धि सँगै कम्पनीको राम्रो ब्रान्ड स्थापित गर्न सफल भइएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैको फलस्वरूप कम्पनीले गत आव २०७८–७९ को पौष मसान्तको तुलनामा चालु आर्थिक वर्ष २०७९–८० को पौष मसान्त सम्ममा चुक्ता पुँजीमा ५० प्रतिशत, जगेडा कोषमा ६०.७ प्रतिशत, जीवन बीमा कोषमा ५६.४ प्रतिशत, महाविपत्ति कोषमा ४४.५ प्रतिशत, कर्जा लगानीमा २९.५ प्रतिशत, दाबी भुक्तानीमा ३८ प्रतिशत र मुनाफामा ३५.४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । यससँगै प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरको लागि बढिएको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL