Logo

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता, सगरमाथा लुम्बिनी इन्स्योरेन्स बन्ने

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता, सगरमाथा लुम्बिनी इन्स्योरेन्स बन्ने



काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सबीच एकापसमा गाभ्ने तथा गाभिने (मर्जर) सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रम आयोजना गरी मर्जर सम्झौता भएको हो ।

सम्झौतापत्रमा लुम्बिनीको तर्फबाट अध्यक्ष मनोहर दास मुल र सगरमाथाका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरे । उक्त कार्यक्रममा दुबै कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL