Logo

नेको इन्सुरेन्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पस्ताव पारित

नेको इन्सुरेन्सको २७ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पस्ताव पारित



काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको आइतवार २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लिसरा रिसेप्सन नक्साल काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते एक दिन बुक क्लोज गरेको थियो । यस आधारमा पुस २८ गतेसम्म कायम शेयरधनी लाभांश पाउन योग्य छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL