Logo

भुकम्प र नाकाबन्दीको असर, हस्तकलाको निर्यातमा १५ प्रतिशतले गिरावट

भुकम्प र नाकाबन्दीको असर, हस्तकलाको निर्यातमा १५ प्रतिशतले गिरावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । गत बर्ष हस्तकलाको निर्यात १५ प्रतिशतले घटेको छ । गत बर्ष बैशाखमा आएको भुकम्प र नाकाबन्दीले गर्दा निर्यातमा कमी आएको हस्तकला महासंघले जानकारी दिएको छ । विगतका बर्षहरुका नेपालबाट वार्षिक रू. १० अर्ब बढीको हस्तकलाका सामग्री निर्यात हुने गरेकोमा गत बर्ष घटेको महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए ।

‘भुकम्प र नाकाबन्दीले हस्तकलाका सामग्री निर्यात गर्न सकेनौं,’उनले भने । नेपालबाट हाल ४२ भन्दा बढी विधाका हस्तकलाका वस्तुहरु निर्यात भइरहेको छ । नेपालबाट विशेषगरी पश्मिना, धातुकला, चाँदीका गरगहना, हाते कागजका सामग्री, ऊनी तथा फेल्टका सामान, काष्ठकलालगायत सामग्री निर्यात गरिदै आएको छ ।

विदेशमा नेपाली हस्तकलाको माग बढ्दै गएपनि अझै पनि कतिपय मौलिक हस्तकलाहरुको पहिचान हुन नसकेको कलाकारहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL