Logo

यूनाइटेड इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभा, पारित गर्यो लाभांश

यूनाइटेड इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभा, पारित गर्यो लाभांश



काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने ५ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाबाट संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । आर्थिक वर्ष २०७९र८० का लागी बाह्य लेखापरीक्षक एमजिएस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरियो ।

कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमतिले पारित गरियो ।

प्रतिक्रिया दिनुहोस्
MBL